© 2023
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कांग्रेस–माओवादी बीचको अपवित्र गठबन्धनलाई तोड्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा उहाँले कांग्रेस र माओवादीबीचको अपवित्र चुनावी गठबन्धनले देश र दुवै पार्टीलाई भलो गर्दैन भन्दै यस्तो अपवित्र गठबन्धन गर्नु जनतासँगको बेइमानी हुने बताउनुभयो ।