२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाज्यू, कांग्रेस-माओवादीको अपवित्र गठबन्धन तोड्नुस् : पार्वता डिसी चौधरी (भिडियो)



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कांग्रेस–माओवादी बीचको अपवित्र गठबन्धनलाई तोड्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उहाँले कांग्रेस र माओवादीबीचको अपवित्र चुनावी गठबन्धनले देश र दुवै पार्टीलाई भलो गर्दैन भन्दै यस्तो अपवित्र गठबन्धन गर्नु जनतासँगको बेइमानी हुने बताउनुभयो ।

सांसद चौधरीले हिम्मत र आँट गरेर नेपाली कांग्रेसलाई बचाउन यस्तो अपवित्र गठबन्धनलाई तोडी कांग्रेस एक्लै चुनावमा जाने घोषणा गर्न सभापति देउवासँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “२०६४ मा १८ सिटमा विजय भएको कांग्रेस २०७० मा ठूलो पार्टी बन्न पुग्यो । २०७४ मा २३ सिटमा हामी छौँ । २०७९ को मंसिर ४ मा हुने चुनावमा कांग्रेसलाई ठूलो पार्टी बन्नबाट कसैले रोक्न सक्तैन । हिम्मत गर्नुस् आँट गर्नुस् । जीवनको अन्तिम घडीमा आएर एउटा राम्रो काम गरेर जानुस् । हैन भने वर्तमानदेखि भावी पुस्ताले सराप्ने छन् । ”