९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन

सौगात मल्ल अभिनित चलचित्र ‘घनचक्कर’ को ट्रेलर सार्वजनिक

सौगात मल्ल अभिनित चलचित्र ‘घनचक्कर’ को ट्रेलर सार्वजनिक
अ अ+ अ-

काठमाडौं । नेपाली चलचित्र घनचक्करको ट्रेलर सार्वजनिक सार्वजनिक भएको छ ।

फिल्म घनचक्कर असार १० गते सार्वजनिक हुँदैछ । काठमाडौंमा मंगलवार एक कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट २९ सेकेण्ड लामो ट्रेलर युवाहरुको पैसा र प्रेम मोहलाई प्रश्तुत गरिएको छ । जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, जेबी डिसी, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको अभिनय रहेको छ ।

कार्यक्रममा अभिनेता सरोज खनालले सिनेमामा काम गर्दा धेरै खुशी अनुभव गरेको बताउनु भयो । उहाँले फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने पनि उहाँले बताउनु भयो । त्यस्तै अभिनेता सौगात मल्लले वरिष्ठ कलाकारहरुसँग फिल्म खेल्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले फिल्मले नेपाली दर्शकलाई उर्जा थप्नेमा विश्वस्त रहेको बताउनु भयो ।

सुसन प्रजापति खिचेको चलचित्रमा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङले सम्पादन गर्नुभएको हो ।