५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक दलमा संलग्न रहेका कर्मचारीलाई उल्लेखित पदबाट राजीनामा दिन लगाउन निर्देशन



अ+ अ-

बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले विभिन्न राजनीतिक दलमा संलग्न रही सक्रियरुपमा राजनीतिक दलको कार्यकारिणी पदमा रहने शिक्षकहरुलाई उल्लेखित पदबाट राजीनामा दिन लगाउन पालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ ।

नवनिर्वाचित नगरप्रमुख दिपेश थारुले पालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयलाई पत्र पठाई प्रचलित शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा १६ (ङ) को उपदफा ५ को (छ) मा उल्लेखित व्यवस्था उल्लंघन गरी वभिन्न राजनीतिक दलमा संलग्न रही सक्रियरुपमा राजनीतिक दलको कार्यकारिणी पदमा रहने शिक्षकहरुलाई उल्लेखित पदबाट राजीनामा दिन लगाई त्यसको विवरण सात दिनभित्र नगरपालिका कार्यालयमा पेश गर्न निर्देशन दिएका हुन् ।

उनले पत्रमा शिक्षकहरुको यस्ता गतिविधिले विद्यालयको पठनपाठनमा प्रभावित हुने गरी आचरण विपरीत कार्य भएको उल्लेख गरेका छन् ।