२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो हो संसारको सबैभन्दा खतरनाक ताल, जसको सम्पर्कमा आएका प्राणी ढुंगामा परिणत हुने



अ+ अ-

एजेन्सी । संसारमा धेरै खतरनाक नदी र तालहरू छन् । आज हामी एउटा तालको बारेमा बताउन गइरहेका छौँ, जसको बारेमा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ । सन् २०१३ मा यो तालको डरलाग्दो तस्बिर सार्वजनिक भएको थियो ।

वन्यजन्तु फोटोग्राफर निक ब्रान्डले यस तालको तस्बिर खिचे । यी तस्विरहरूमा जनावरहरूको जमेको लाशहरू थिए । यस तालको पानीका कारण जनावरहरू ढुङ्गा बनेका थिए । यी दर्दनाक तस्विरहरु देखेपछि विश्वभरका मानिसहरु छक्क परेका छन् ।

यो खतरनाक र सुन्दर तालको नाम लेक नेट्रोन हो जुन तान्जानियामा अवस्थित छ । आरुषा क्षेत्रको उत्तरी न्गोरंगोरो जिल्लामा अवस्थित नेट्रोन ताललाई साल्ट लेक वा क्षारीय ताल भनिन्छ । यो ताल निकै खतरनाक मानिन्छ । यस तालको सम्पर्कमा आएका प्राणी ढुंगामा परिणत हुने बताइन्छ ।

वास्तवमा नेट्रोन ताललाई वन्यजन्तुको घर पनि मानिन्छ । तर, यस तालको पानीको पीएच मात्रा लगभग १२ छ । यस तालको पानीमा जीव धेरै दिन बाँच्न सक्दैनन् ।

ओल डोइन्यो लेङ्गाई ज्वालामुखीका कारण यस तालको पानी नुनिलो छ । यो ज्वालामुखी संसारकै पहिलो रहेको छ जहाँबाट अनौठो लाभा अर्थात नेट्रोकार्बोनाइट निस्कन्छ ।  ताल वरपरका पहाडहरूबाट सोडियम कार्बोनेट र अन्य खनिजहरू नेट्रोकार्बोनाइटमा तानेका कारण पानी नुनिलो हुन्छ ।

यस तालको पानीमा पीएचको मात्रा बढी भएका कारण अधिकांश जनावरको छाला र आँखा जल्ने गर्छ । यससँगै लामो समयसम्म पानीमा बस्दा जनावरको मृत्यु हुने गरेको छ ।

फ्लेमिङ्गोको छाला कडा र पातलो भएकाले त्यहाँ पानीको प्रभाव हुँदैन । तर मानिसको छाला नरम हुन्छ । कहिलेकाहीँ यो तालको पानी ६० डिग्री सेल्सियससम्म तातिन्छ । यो तालले तपाईलाई ढुङ्गा नबनाउन सक्छ, तर छालामा यस्तो घाउ बनाउँछ जुन तपाईले कल्पना पनि गर्न सक्नुहुन्न ।

यो तालको पानीमा मान्छे जति लामो समय बस्छ, त्यति नै जल्छ । तर पानीमा पीएचको मात्रा वर्षाको मौसममा फरक हुन्छ । परिस्थिति खराब छ भने मान्छे नराम्ररी जल्न सक्छ । त्यसैले यो ताललाई निकै खतरनाक भनिन्छ ।