१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

काठमाडौंमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम

काठमाडौंमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम
अ अ+ अ-

काठमाडाैँ । देशकै प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको पछाडिपट्टि (पूर्वी किनार÷मनोहरा क्षेत्र) खुला रूपमा फोहोर थुपारिँदा हवाई उडान सुरक्षा र जनस्वास्थ्यमा गम्भीर असर परेको छ ।

खुला क्षेत्रमा मासुका अवशेष, कुहिएका फलफूल तथा प्लास्टिकयुक्त फोहोर फाल्ने क्रम बढेपछि आकाशमा चिल, गिद्ध, भुस्याहा कुकुर र कौवाको चहलपहल तिब्र बनेको छ । जसका कारण दैनिक उडान र अवतरणमा बर्ड स्ट्राइक (पंक्षी ठोक्किने) को ठूलो जोखिम बढेको छ ।

विमानस्थलको रनवे एप्रोच लाइट र तारबार नजिकै जथाभावी फोहोर थुपारिएको र यसले उडानमै अवरोध पु¥याएको चौतर्फी गुनासो आएपछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा एक टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।

अनुगमनका क्रममा विमानस्थलको पर्खालसँगै जोडिएका कच्ची सडक र खुला जग्गामा मासु पसलबाट ल्याइएका हड्डी तथा छालायुक्त फोहोर, फलफूलका अवशेष, र ढलको दूषित पानी सडकमै थुप्रिएर गन्हाउने अवस्था पाइएको छ । वर्षातको समयमा फोहोरको लेदो सडकभरि फैलिँदा वरपरका स्थानीय बासिन्दामा झाडापखाला, हैजा र डेंगु जस्ता संक्रामक रोग फैलिने उच्च जोखिमसमेत देखिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्र आसपास खुला फोहोर फाल्नु राष्ट्रिय सुरक्षा र नागरिकको जीवनमाथि नै ठूलो खेलबाड हो । हवाई उडानको दृष्टिकोणले यो अति नै संवेदनशील क्षेत्र हो । फोहोरका कारण चिल र गिद्ध आकाशमा झुम्मिँदा जहाज दुर्घटनाको ठूलो खतरा रहन्छ । जथाभावी फोहोर फाल्ने व्यक्ति तथा फार्महरूलाई तत्काल कडा कारबाही गर्नुपर्छ । –न्युज एजेन्सी नेपाल