• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु हुँदैन: महामन्त्री थापा ★   संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छु: गृहमन्त्री लामिछाने ★   सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या ★   चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान ★   मुस्ताङको चराङ–छोसेर सडक आयोजना अधुरो ★   मानव तस्करीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ ★   भारतीय मुलका क्रिकेटरलाई बलात्कार मुद्दामा सफाइ, अस्ट्रेलियाली महिलाले आरोप लगाएकी थिइन् ★   यी चीजहरू उपहारको रूपमा दिनाले सम्बन्धमा खटपट आउँछ ★   साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी राष्ट्रपति पौडेल ★   के हो ‘स्लीप डिभोर्स’, सम्बन्धमा राम्रो कि नराम्रो ?

क्यानले बढायो राष्ट्रिय क्रिकेटरको पारिश्रमिक



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला राष्ट्रिय क्रिकेट खेलाडीको पारिश्रमिक बढाएको छ । मंगलबार क्यान कार्यसमितिको बसेको बैठकले पुरुष राष्ट्रिय टोलीका तीनै ग्रेडका खेलाडीको पारिश्रमिकमा मासिक रु १० हजारका दरले वृद्धि गरेको छ ।

यो वृद्धिसँगै नेपाली पुरुष टोलीका ए ग्रेडका खेलाडीको पारिश्रमिक मासिक रु ६० हजार पुगेको छ भने बी ग्रेडका खेलाडीको मासिक रु ५० हजार र सी ग्रेडका खेलाडीको मासिक पारिश्रमिक रु ४० हजार पुगेको छ ।

त्यसैगरी ए र बी ग्रेडका महिला राष्ट्रिय खेलाडीको पारिश्रमिक मासिक रु छ हजार तथा सी ग्रेडका महिला खेलाडीको मासिक पारिश्रमिक रु पाँच हजारका दरले वृद्धि गरिएको छ । नयाँ पारिश्रमिकअनुसार ए ग्रेडका महिला खेलाडीको मासिक पारिश्रमिक रु २१ हजार, बी ग्रेडका खेलाडीको रु १८ हजार र सी ग्रेडका खेलाडीको रु १५ हजार भएको छ ।

सन् २०१७ देखि क्यानले राष्ट्रिय टोलीका खेलाडीलाई तीन समूहमा वर्गीकरण गरी केन्द्रीय अनुबन्धनको व्यवस्था सुरु गरेको थियो । क्यालेन्डर वर्षमा गरेको प्रदर्शनका आधारमा खेलाडीको वर्गीकरण गरी क्यानले पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । क्यानले सुरुमा ए बी र सी ग्रेडका खेलाडीलाई क्रमशः रु २५, १५ र १० हजार पारिश्रमिक दिएको थियो ।

त्यसैगरी क्यानले क्रिकेट मैदान खटिने कर्मचारीको पारिश्रमिकमा पनि वृद्धि गरेको छ । उनीहरुको पारिश्रमिक मासिक रु तीन हजारका दरले वृद्धि गरिएको छ । क्यानले मैदान कार्यालय सहयोगी र मैदान पीच क्यूरेटरको पारिश्रमिक पनि क्रमशः रु पाँच हजार र छ हजारका दरले वृद्धि गरेको छ ।