२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानले बढायो राष्ट्रिय क्रिकेटरको पारिश्रमिक



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला राष्ट्रिय क्रिकेट खेलाडीको पारिश्रमिक बढाएको छ । मंगलबार क्यान कार्यसमितिको बसेको बैठकले पुरुष राष्ट्रिय टोलीका तीनै ग्रेडका खेलाडीको पारिश्रमिकमा मासिक रु १० हजारका दरले वृद्धि गरेको छ ।

यो वृद्धिसँगै नेपाली पुरुष टोलीका ए ग्रेडका खेलाडीको पारिश्रमिक मासिक रु ६० हजार पुगेको छ भने बी ग्रेडका खेलाडीको मासिक रु ५० हजार र सी ग्रेडका खेलाडीको मासिक पारिश्रमिक रु ४० हजार पुगेको छ ।

त्यसैगरी ए र बी ग्रेडका महिला राष्ट्रिय खेलाडीको पारिश्रमिक मासिक रु छ हजार तथा सी ग्रेडका महिला खेलाडीको मासिक पारिश्रमिक रु पाँच हजारका दरले वृद्धि गरिएको छ । नयाँ पारिश्रमिकअनुसार ए ग्रेडका महिला खेलाडीको मासिक पारिश्रमिक रु २१ हजार, बी ग्रेडका खेलाडीको रु १८ हजार र सी ग्रेडका खेलाडीको रु १५ हजार भएको छ ।

सन् २०१७ देखि क्यानले राष्ट्रिय टोलीका खेलाडीलाई तीन समूहमा वर्गीकरण गरी केन्द्रीय अनुबन्धनको व्यवस्था सुरु गरेको थियो । क्यालेन्डर वर्षमा गरेको प्रदर्शनका आधारमा खेलाडीको वर्गीकरण गरी क्यानले पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । क्यानले सुरुमा ए बी र सी ग्रेडका खेलाडीलाई क्रमशः रु २५, १५ र १० हजार पारिश्रमिक दिएको थियो ।

त्यसैगरी क्यानले क्रिकेट मैदान खटिने कर्मचारीको पारिश्रमिकमा पनि वृद्धि गरेको छ । उनीहरुको पारिश्रमिक मासिक रु तीन हजारका दरले वृद्धि गरिएको छ । क्यानले मैदान कार्यालय सहयोगी र मैदान पीच क्यूरेटरको पारिश्रमिक पनि क्रमशः रु पाँच हजार र छ हजारका दरले वृद्धि गरेको छ ।