२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी ट्वान्टी लिग खेल्ने टोलीको घोषणा



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल टी–ट्वान्टी लिग खेल्ने टोलीको नाम सार्वजनिक गरेको छ ।

आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुने छ टोलीको नाम क्यानको मङ्गलबार बसेको बोर्ड बैठकले निर्णय गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिनुभयो । उहाँको अनुसार टी–ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न रहेका छन् ।

बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पुर्याएको योगदानको कदरसहित धन्यवाद दिँदै सङ्घको आफ्नै आधिकारिक लिए सञ्चालन हुने भएकाले अन्य कुनै पनि लिगलाई राष्ट्रिय मान्यता नदिनेसमेत निर्णय गरेको छ ।

त्यस्तै क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा भने अनुमति दिन सकिने क्यानले जनाएको छ । बैठकले २०२२ अप्रिल १ तारिखदेखि लागू हुने गरी राष्ट्रिय क्रिकेट टोलीका महिला तथा पुरुष खेलाडी, मैदान कर्मचारी, मैदान कार्यालय सहयोगी र त्रिवि मैदान पिच क्युरेटरको मासिक पारिश्रमिकमा वृद्धि गरेको छ ।

राष्ट्रिय पुरुष टोली खेलाडीको मासिक पारिश्रमिक रु १० हजारले वृद्धि गरिएको छ भने महिला टोलीका ए र बी श्रेणीका खेलाडीको रु छ हजारको दर वृद्धि गरिएको छ भने सी श्रेणीका खेलाडीको रु पाँच हजारका दरले बढाएको छ ।

यस्तै सम्पूर्ण मैदान कर्मचारीको पारिश्रमिक मासिक रु तीन हजारले, मैदान कार्यालय सहयोगीको मासिक रु पाँच हजारको दरले र पिच क्युरेटरको मासिक पारिश्रमिक रु छ हजारले वृद्धि गर्ने निर्णय गरेको क्यानले जनाएको छ ।