९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव

मधेस केन्द्रित दल आफ्नै ठाउँमा कमजोर किन ?

मधेस केन्द्रित दल आफ्नै ठाउँमा कमजोर किन ?
अ अ+ अ-

–राजु विश्वकर्मा
लहान । मधेस प्रदेशको सिरहामा मधेस केन्द्रित दलहरू कमजोर देखिएका छन् । स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदा सिरहामा मधेस केन्द्रित जनता समाजवादी पार्टी(जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को अवस्था कमजोर बनेको छ ।

सिरहाको १७ स्थानीय तहमध्ये जसापले चार जित्दा लोपसाले खातासमेत खोल्न सकेन । सिरहामा एमाले पहिलो र जसपा दोस्रो शक्तिका रूपमा उभिएको छ । जसपाले अघिल्लो निर्वाचनमा जितेको जति परिणाम ल्याउन नसके पनि दोस्रो शक्तिका रूपमा कायम भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा सिरहाको ६ स्थानीय तह जितेको जसपाले यसपालि चार मात्र जितेको छ । जसपाले पहिला जितेको सिरहा नगरपालिका, भगवानपुर गाउँपालिका, विष्णुपुर गाउँपालिका, नरहा गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका र बरियारपट्टी गाउँपालिकामध्ये यसपालि बरियापट्टी गाउँपालिकामा मात्र आफ्नो पुरानो साख कायम राख्न सकेको छ । जसपाले पहिला जितेको पाँचवटै पालिका गुमाउँदा नयाँ तीनवटा पालिका जितेको छ ।

औरही गाउँपालिका र अर्नमा गाउँपालिका नेकपा (माओवादी केन्द्र)सँग खोसेको जसपाले कांग्रेसबाट नवराजपुर गाउँपालिका खोसेको छ । कतिपय स्थानीय तहमा जित नजिक पुगे पनि परिणाम आफ्नो उम्मेदवारको पक्षमा नआएको जसपाका नेताहरूले बताएका छन् ।

सप्तरीमा तीन स्थानीय तह जितेको लोसपाले सिरहामा भने एउटा पनि पालिका जित्न सकेको छैन । मधेस केन्द्रित दल आपसमा विभाजित हुनु, विस्तारै नेताहरूमा विलासिता बढ्दै जानु र अवसर पाएका बेला जनअपेक्षाअनुसार काम गर्न नसक्नुजस्ता कारणले मधेस केन्द्रित दल कमजोर बनेको विश्लेषकको भनाइ छ । एमालेले सिरहाको १७ पालिकामध्ये एक्लैले नौ स्थानीय तह जितेको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा सिरहाको तीन स्थानीय तहमात्र जित्न सकेको एमालेले यसपाली नौ स्थानीय तह जित्न सफल भएको छ । अघिल्लो निर्वाचनमा जितेको लहान नगरपालिका, सुखीपुर नगरपालिका र सखुवानन्कारकट्टी गाउँपालिकामध्ये यसपाली एमालेले सुखीपुर नगरपालिकामात्र दोहोर्याएर जित्न सकेको छ ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका र कर्जन्हा नगरपालिका यसपाली एमालेले जित्दा सबैभन्दा बढी वडा भएको लहान नगरपालिका भने एमालेले गुमाएको छ । त्यहाँ कांग्रेसले प्रमुख र जसपाले उपप्रमुख जितेको छ । विसं २०७४ को निर्वाचनमा जसपाले जितेको सिरहा नगरपालिका, भगवानपुर गाउँपालिका, विष्णुपुर गाउँपालिका र नरहा गाउँपालिकामा यसपाली एमालेले जित निकालेको छ । यस्तै अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको कल्याणपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले नै जितेको छ ।

पार्टीको सही निर्णय, नेता कार्यकर्ताको सक्रियता र मतदाताको विश्वासका कारण जिल्लाको धेरै स्थानीय तहमा आफ्नो पार्टीका उम्मेदवारले जित निकाल्न सफल भएको एमाले नेता एवं पूर्वमन्त्री लीलानाथ श्रेष्ठले बताउनुभयो । “हामीले सही मूल्याङ्कन गरी उपयुक्त व्यक्तिलाई टिकट दियौँ”, उहाँले भन्नुभयो, “नेता–कार्यकर्तालाई पनि खटायौँ, उहाँहरु इमान्दारीतापूर्वक खट्नु भयो र मतदाताले हाम्रा उम्मेदवारलाई विश्वास गर्नुभयो, त्यसकै परिणामस्वरुप आज हामी जिल्लामा बलियो पकड बनाउन सफल भयौँ ।”

दुई छिमेकी जिल्ला धनुषा र सप्तरीमा बलियो पकड बनाएको कांग्रेस सिरहामा भने तेस्रो शक्तिमा सीमित भएको छ । कांग्रेस सिरहामा पूर्ववत अवस्थामा देखिएको छ । अघिल्लो निर्वाचनमा दुई पालिका जितेको काग्रेसले यसपालि पनि दुई पालिका जितेको छ । कांग्रेसले पहिला जितेको कल्याणपुर नगरपालिका र नवराजपुर गाउँपालिका गुमाउँदा यसपाली लहान नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका जितेको छ ।

पार्टीभित्रको घात–अन्तर्घात तथा मतदातामा भएको व्यापक रकमी चलखेलका कारण आफूहरुले चाहेजस्तो नतिजा निकाल्न नसकेको कांग्रेस सप्तरीका सभापति रामचन्द्र यादवले बताउनुभयो ।

अघिल्लो चुनावमा पूर्वपश्चिम राजमार्गमा पर्ने अधिकांश पालिकासहित सिरहाको ६ पालिका जितेर ठूलो पार्टी बनेको माओवादी केन्द्र यसपालि भने एउटा पालिकामा सीमित भएको छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, औरही गाउँपालिका र अर्नमा गाउँपालिकामध्ये मिर्चैयाबाहेक सबै पालिका गुमाएको छ । जितेका सबै पालिकामा माओवादी केन्द्रले पुरानै उम्मेदवारलाई दोहो¥याएको थियो । मिर्चैया नगरपालिकाका प्रमुख र उपप्रमुख मात्र जित्न सकेको छ । बाँकी सबै गुमाएको माओवादी केन्द्रका नेता दिलीप साहले बताउनुभयो ।

पार्टीभित्रको गुट–उपगुट, घात–अन्तर्घात र पुरानै उम्मेदवारलाई निरन्तरता दिनेजस्ता कारणले पार्टीले अधिकांश स्थानीय तह गुमाएको उहाँको भनाइ छ । एउटा गाउँपालिकाको अध्यक्ष जितेर नेकपा (एकीकृत समाजवादी)ले सिरहामा आफ्नो उपस्थिती जनाएको छ । एकीकृत समाजवादीले सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्ष जितेको छ । सो गाउँपालिकाको उपाध्यक्षमा भने कांग्रेस विजयी भएको छ ।