९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित)

पोखरा महानगर : कांग्रेस २३, एमाले नौ र स्वतन्त्र एक वडामा विजयी

पोखरा महानगर : कांग्रेस २३, एमाले नौ र स्वतन्त्र एक वडामा विजयी
अ अ+ अ-

कास्की । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको सबै वडाका अन्तिम मत परिणाम घोषणा गरिएको छ ।

महानगरका ३३ वडाको परिणाम सार्वजनिक हुँदा यस पटक नेपाली कांग्रेसले अघिल्लो पटकभन्दा राम्रो सफलता हात पारेको छ । महानगर प्रमुख र उपप्रमुखमा केन्द्रबाट गठबन्धनको निर्णय भएर सोहीअनुसार उम्मेदवार उठाए पनि वडामा केहीमा तालमेल र केहीमा दलहरुबीच एक्लाएक्लै प्रतिस्पर्धा भएको थियो । गठबन्धनबाट महानगर प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले)का मञ्जुदेवी गुरुङ विजयी हुनुभयो ।

उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका कोपिला रानाभाट पराजित भए पनि महानगर वडामा अघिल्लो निर्वाचनको तुलनामा कांग्रेसले दोब्बरभन्दा बढीले सफलता प्राप्त गरेको छ । वडामा कांग्रेस केहीमा एकल र केहीमा माओवादी केन्द्रलगायतका दलहरुसँग चुनावी तालमेल गरेर निर्वाचन लडेको थियो ।

विसं २०७४ को पहिलो स्थानीय तह सदस्य निर्वाचनमा महानगरका ११ वडा जितेको कांग्रेस यसपटक २३ वडामा विजयी हुँदा अघिल्लो पटक २२ वडा जितेको नेकपा(एमाले) भने नौ वडामा खुम्चिएको छ । एमालेले पहिला आफूले जितेका अधिकांश वडा गुमाउँदा कांग्रेसबाट एक वडामात्र खोस्न सफल भयो । पोखरामा स्वतन्त्र एक उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

कांग्रेसका तर्फबाट पोखरा वडा नं २ को वडाध्यक्षमा दिवसमान प्रधानाङ्ग, वडा नं ३ मा प्रकास उदास, वडा नं ४ मा देवकृष्ण पराजुली, वडा नं ७ मा राममोहन आचार्य, वडा नं ९ मा दीपेन्द्र मरासिनी, वडा नं १० मा राजेश गुरुङ, वडा नं ११ मा प्रेमप्रसाद कर्माचार्य, वडा नं १२ मा सन्तोष बास्तोला र वडा नं १३ मा किरण बराल निर्वाचित हुनुभएको छ ।

यसैगरी वडा नं १४ को वडाध्यक्षमा बोधराज कार्की, वडा नं १६ मा अमृत शर्मा तिमिल्सिना, वडा नं १८ मा शिवप्रसाद तिमिल्सिना, वडा नं १९ मा पुष्पेन्द्र पाण्डे, वडा नं २३ मा राजकाजी गुरुङ, वडा नं २४ मा भरतबहादुर अधिकारी, वडा नं २५ मा मोतिप्रसाद तिमिल्सिना, वडा नं २६ मा नरेन्द्र थापा, वडा नं २७ मा पूर्णकुमार गुरुङ, वडा नं २८ मा श्रीकृष्ण लामिछाने, वडा नं ३० मा दुर्गाप्रसाद सुवेदी, वडा नं ३१ मा ढकनाथ कँडेल, वडा नं ३२ मा अक्कलबहादुर कार्की र वडा नं ३० मा रामचन्द्र अधिकारी विजयी हुनुभयो ।

एमालेका तर्फबाट पोखरा वडा नं १ मा साहारा प्रधान, वडा नं ५ मा विष्णुप्रसाद बराल, वडा नं ६ मा विष्णुबहादुर भट्टराई, वडा नं ८ मा रुद्रप्रसाद बराल, वडा नं १५ मा तोरण बानियाँ, वडा नं १७ मा राधिका शाही, वडा नं २० मा गङ्गा केसी, वडा नं २१ मा दीपकप्रसाद सुवेदी र वडा नं २९ मा श्रीप्रसाद गुरुङ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

पोखरा–२२ मा भने स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी हुनुभयो । स्वतन्त्र उम्मेदवारी दिए पनि बराललाई सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रले दलका तर्फबाट उम्मेदवारी फिर्ता लिएर सहयोग गरेका थिए ।