२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतगणना नसकिँदै सुनिता डंगोल विजयी, बालेन विजय नजिक



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकको उपप्रमुख पदमा नेकपा (एमाले) की सुनिता डंगोलको जित सुनिश्चित भएको छ । महानगरपालिकाको मत गणना सम्पन्न नहुँदै उनको जित सुनिश्चित भएको हो ।

महानगरपालिकामा अहिलेसम्म एक लाख ६६ हजार ३१३ मत गणना भइसकेको छ । डंगोलले ६० हजार ६७५ मत ल्याइसकेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नकेपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले २० हजार ६८६ मत मात्र प्राप्त गरेका छन् ।

अहिलेसम्मको मतगणनामा डंगोल श्रेष्ठभन्दा ३९ हजार ९८९ मतले अगाडि छन् । अब महानगरमा २४ हजार ७७८ मत गणना गर्न बाँकी छ । त्यसैले डंगोलको जित सुनिश्चित भएको हो ।

यस्तै महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह पनि जितको नजिक पुगेका छन् । उनले ५४ हजार २१३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मत ल्याएकी छन् ।

त्यसैगरी एमालेका केशव स्थापितले ३३ हजार ६०९ मत प्राप्त गरेका छन् । साहले सिंहसँग २० हजार ३३ मतले अग्रता कायम गरेका छन् ।