९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित)

मतगणना नसकिँदै सुनिता डंगोल विजयी, बालेन विजय नजिक

मतगणना नसकिँदै सुनिता डंगोल विजयी, बालेन विजय नजिक
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकको उपप्रमुख पदमा नेकपा (एमाले) की सुनिता डंगोलको जित सुनिश्चित भएको छ । महानगरपालिकाको मत गणना सम्पन्न नहुँदै उनको जित सुनिश्चित भएको हो ।

महानगरपालिकामा अहिलेसम्म एक लाख ६६ हजार ३१३ मत गणना भइसकेको छ । डंगोलले ६० हजार ६७५ मत ल्याइसकेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नकेपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले २० हजार ६८६ मत मात्र प्राप्त गरेका छन् ।

अहिलेसम्मको मतगणनामा डंगोल श्रेष्ठभन्दा ३९ हजार ९८९ मतले अगाडि छन् । अब महानगरमा २४ हजार ७७८ मत गणना गर्न बाँकी छ । त्यसैले डंगोलको जित सुनिश्चित भएको हो ।

यस्तै महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह पनि जितको नजिक पुगेका छन् । उनले ५४ हजार २१३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मत ल्याएकी छन् ।

त्यसैगरी एमालेका केशव स्थापितले ३३ हजार ६०९ मत प्राप्त गरेका छन् । साहले सिंहसँग २० हजार ३३ मतले अग्रता कायम गरेका छन् ।