९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव

नगर प्रमुखमा लड्न प्रदेशसभा सदस्यबाट राजीनामा दिएका कलाम पराजित

नगर प्रमुखमा लड्न प्रदेशसभा सदस्यबाट राजीनामा दिएका कलाम पराजित
अ अ+ अ-

रौतहट । मधेश प्रदेशका प्रदेशसभा सदस्यबाट राजीनामा दिएर स्थानीय तहमा उम्मेदवारी दिएका शेख अबुकलाम आजाद पराजित भएका छन् ।

रौतहटको गढीमाई नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका प्रदेशसभा सदस्य आजाद पराजित भएका हुन् । उनले प्रदेशसभाबाट राजीनामा दिएर जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट सो नगरपालिकामा प्रमुख पदका लागि उम्मेदवारी दिएका थिए ।

उनलाई नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार श्यामप्रसाद यादवले पराजित गरे । यादव दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यादवले आठ हजार ६३१ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी आजादले आठ हजार ७३ मत हासिल गरे ।

सो नगरका लागि उपप्रमुख पदमा जसपाकी स्मिताकुमारी यादव निर्वाचित भएकी छन् । उनले छ हजार ६७१ मत हासिल गरिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का नागेन्द्र सिंहले पाँच हजार ९२ मत प्राप्त गरे ।

आजाद मधेश प्रदेश सरकारको विकास समितिको सभापतिसमेत थिए ।