• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   गण्डकीका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने ★   मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण ★   रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला ★   गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो ★   दुई महिनामै बन्द हुँदै कपिल शर्माको कमेडी शो ★   आम सञ्चार विधेयक चाँडै मन्त्री परिषद्मा पेश हुँदैछ: मन्त्री शर्मा ★   ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने ★   जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ ★   देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै ★   गर्मी कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली चल्दा १८ बालबालिकासहित २१ जनाको मृत्यु



एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा मंगलबार दिउँसो दुःखद घटना घटेको छ ।

टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा १८ वर्षीय किशोरले गोली चलाउँदा १८ विद्यार्थी र ३ शिक्षकको मृत्यु भएको छ । गोली लागेर १३ बालबालिका, विद्यालयका कर्मचारी र केही प्रहरी पनि घाइते भएका छन् ।

घटनापछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले दुःखद घटना भएको बताएका छन् ।

प्रहरीले आक्रमणकारीलाई मारेको दाबी गरेको छ । उनको पहिचानबारे अहिलेसम्म केही स्पष्ट भएको छैन । टेक्सासको विद्यालयमा भएको गोलीकाण्डको यो घटना सन् २०१२ को कनेक्टिकटमा भएको गोलीकाण्डसँग मिल्दोजुल्दो छ ।

२०१२ डिसेम्बर १४ मा, कनेक्टिकटको न्यूटाउनको स्यान्डी हुक इलिमेन्टरी हाई स्कूलमा एक २० वर्षीय पुरुषले गोली चलाउँदा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये २० बालबालिका थिए । यो अमेरिकी इतिहासमा सबैभन्दा घातक सामूहिक गोलीबारी मानिन्छ ।