२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रमः डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयन



अ+ अ-

काठमाडौं । सरकारले डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनमा सरकारको आगामी आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थित गर्न सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गरिने उल्लेख गरिएको छ ।

सरकारको नीति तथा कार्यक्रममा औषधि उपचारका क्रममा अस्पतालमा हुने मृत्युको अनिवार्य अडिट गर्ने व्यवस्था मिलाइने, स्वास्थ्य सङ्ख्या, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानूनी व्यवस्थालाई थप बलियो बनाइने उल्लेख गरिएको छ ।

यस्तै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गरिने, सबै अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरी एकै विन्दुबाट सेवा प्रदान गरिने तथा पाँच वर्षदेखि एघार वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने सरकारको नीति तथा कार्यक्रममा रहेको राष्ट्रपति भण्डारीले जानकारी दिनुभयो ।

यसैगरी जनस्वास्थ्यका कार्यक्रममार्फत रोगको रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाइने उल्लेख गरिएको छ ।




भर्खरै