• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार ★   हरेक निर्वाचन क्षेत्रमा कम्तिमा ३ र बढीमा ४ योजनामा बजेट विनियोजन गर्नेगरी नीति बनाउनुपर्छः भगवती…

कांग्रेस केन्द्रीय सदस्य वाग्लेसहित पाँच जनालाई पार्टी सदस्य नरहने गरि कारबाही गर्न माग



तनहुँ । हालै सम्पन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै नेपाली कांग्रेसको तनहुँ–५ को वडासमितिले केन्द्रीय सदस्यसहित ५ जनालाई कारबाही गर्न माग गरेको छ ।

वडा समितिले केन्द्रीय सदस्य ध्रुव वाग्ले, महाअधिवेशन प्रतिनिधि एवं व्यास – ५ का निर्वतमान वडाअध्यक्ष मोहनकुमार श्रेष्ठलगायत ५ जनालाई कारबाहीको माग गर्दै नगर समितिमा ज्ञापन पत्र बुझाएको छ ।

व्यास नगरपालिकाको मेयर, उपमेयर र व्यास–५ को वडाअध्यक्षमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको र विपक्ष उम्मेदवारको पक्षमा भोट मागेको उनीहरुको आरोप छ ।

व्यास–५ को वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार यज्ञप्रसाद खनाललाइ हराउँदै नेकपा एमालेका विष्णकुमार श्रेष्ठ निर्वाचित भएका थिए । सो वडामा यसअघि २०७४ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो ।