२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा थप ३९ जनामा कोरोना सङ्क्रमण, १३ सङ्क्रमणमुक्त



अ+ अ-

बैतडी । सुदूरपश्चिम प्रदेशमा मङ्गलबार थप ३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ९६६ जनाको नमूना परीक्षण गर्दा ३९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पीसीआर  विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा १३, महाकाली अस्पतालमा आठ र  डडेल्धुरा अस्पतालमा तीन  जनामा सङ्क्रमण पुष्टि भएको हो ।  यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा आठ, कैलालीमा दुई र बैतडीका एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।  

यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशभर १३ जना सङ्क्रमणमुक्त भएका छन् । यसअघि सोमबार यो प्रदेशमा ५३ जनामा सङ्क्रमण पुष्टि हुँदा १९ जना सङ्क्रमणमुक्त भएका थिए ।