२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेत र डोल्पामा कांगे्रस वडा अधिवेशन अनिश्चित



अ+ अ-

कर्णाली । सदस्यता विवाद टुङ्गो लाग्न नसक्दा सुर्खेत र डोल्पामा नेपाली कांगे्रसको वडा अधिवेशन अनिश्चित बनेको छ । कर्णालीका १० जिल्लामध्ये यी दुईबाहेक सबै जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।  

डोल्पामा राप्रपा र सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट समायोजन भई आएकालाई क्रियाशील सदस्यता दिने विषयमा विवाद छ । कांगे्रसका सुर्खेत जिल्ला सभापति कमलराज रेग्मीले पार्टी केन्द्रले अखण्ड नेपालबाट आएका १९९ लाई सदस्यता दिने परिपत्र पठाएपछि आफूहरुले असहमति जनाएको बताउनुभयो । “आज १३ जिल्लामा वडा अधिवेशन भइरहेको छ, तर सुर्खेतमा कहिले गर्ने रु केही टुङ्गो छैन”, उहाँले भन्नुभयो, “क्रियाशील सदस्यताको विवाद टुङ्गिएको छैन, केन्द्रले निर्वाचन अधिकृत पनि पठाएको छैन ।” सुर्खेतका कतिपय वडामा उम्मेदवारी घोषणासंगै अधिवेशनको माहौल शुरु भए पनि पार्टी केन्द्रले सदस्यता विवाद समाधान गर्न ढिलाइ गर्दा कार्यकर्तामा अन्योलता बढेको छ । 

सुर्खेतमा ९९ र डोल्पामा ६५ वडा छन् । डोल्पामा राप्रपाबाट समायोजन भई पार्टी केन्द्रीय सदस्य रहनुभएका कर्ण बुढाले सदस्यता विवादकै कारण वडा अधिवेशन अनिश्चित भएको बताउनुभयो । केन्द्रीय सदस्य बुढाले एकलौटी सदस्यता वितरण गरेको भन्दै त्यहाँको जिल्ला नेतृत्वले असहमति जनाउँदै आएको छ ।