१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विद्युत् प्राधिकरणका कारण इन्टरनेटको शुल्क महँगियो’



अ+ अ-

काठमाडौं । कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) ले नेपाल विद्युत् प्राधिकरणका कारण इन्टरनेटको शुल्क महँगो हुने जनाएको छ । क्यानले आज विज्ञप्ति जारी गर्दै प्राधिकरणले पोल तथा फाइबरको शुल्क बढाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीले शुल्क बढाउने तयारी गरेको जनाएको हो ।

“इन्टरनेट सेवालाई सर्वसुलभ बनाउन करको दरलाई विभिन्न प्रकारले समीक्षा गर्न क्यान महासङ्घ र इन्टरनेट सेवा प्रदायक सङ्घले विगतका नीति तथा कार्यक्रम र बजेटमा बारम्बार दिएको सुझावविपरीत सरकारी निकायकै गतिविधिका कारण पूर्वाधारको लागत अझ बढ्न गई इन्टरनेट सेवा प्रवाहमा प्रतिग्राहक १५० देखि ३०० सम्म शुल्क बढ्नु दुःखद् हो”, विज्ञप्तिमा भनिएको छ, “निजी–सरकारी साझेदारीमा सुरुआत भएको इन्टरनेट सेवा तथा इन्टरनेट सेवालाई देशभर पु¥याउन निजी क्षेत्रको अर्बौंको लगानी, नेतृत्वदायी भूमिका तथा यसमार्फत देशको अर्थतन्त्रलाई पुर्याएको योगदानका कारण आज नेपालको इन्टरनेट सेवा यो अवस्थामा आएको हो ।”
 
विद्युत् प्राधिकरणको पोल तथा अप्टिकल ग्राउन्ड वायर भाडा समसामयिक दरमा प्रयोग गर्दा इन्टरनेट सेवा प्रदान गर्न सकिएको भन्दै पोलको भाडा समायोजन नभए ९३ प्रतिशतले प्रयोग गर्दै आएको तारसहित इन्टरनेटको शुल्क महँगो हुने महासङ्घले जनाएको छ । प्रतिकिलोमिटरका दरले पोल भाडादर कायम गर्दा इन्टरनेट सेवा प्रदायक, आम उपभोक्ता तथा डिजिटल नेपाल अभियानकै लागि व्यावहारिक नहुने क्यान महासङ्घको ठम्याइ छ ।
 
इन्टरनेट सेवा प्रदायक कम्पनीले लामो समयदेखि विद्युत्को पोल तथा फाइबर तार प्रयोगको बक्यौता रकम भुक्तानी नगरेको भन्दै प्राधिकरणले तार काट्ने चेतावनी दिएको छ । प्राधिकरणले यसअघि नै सूचना जारी गर्दै असोज १५ गतेसम्म बक्यौता रकम भुक्तानी नभए तार काट्ने जनाइसकेको छ ।