१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता खड्कालाई परराष्ट्रमन्त्री, भोली सपथ लिने



अ+ अ-

काठमाडौं । मंगलबार बसेको सत्तारुढ गठबन्धन’का शीर्ष नेताहरुको बैठकले कांग्रेस नेता डा नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको शीर्ष नेताहरुको बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गदैृभोलि नै शपथ हुने बताइएको छ।

बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा बाबुराम भट्टराई, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति रहेको छ।