२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहाको गोलबजारमा एमाले विजयी



अ+ अ-

लहान । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह विजयी हुनुभएको छ ।

श्रेष्ठ सात हजार ९०८ मत ल्याएर निर्वाचित हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवनाथ साहले पाँच हजार ७०१ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा निर्वाचित साहले सात हजार ७०३ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार रेशमकुमारी थापाले पाँच हजार ६४३ मत प्राप्त गर्नुभयो ।

कूल १३ वडा रहेको गोलबजारको छ वडामा एमाले, तीन वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी दुई–दुई वडामा विजयी भएका छन् । यससँगै सिरहाको १७ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।