२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा कार्य सम्पादन समितिको बैठक जेठ १३ गते



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को यही जेठ १३ गते कार्य सम्पादन समितिको बैठक काठमाडौँमा बस्ने भएको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुने उक्त बैठकमा प्रदेश प्रमुखले आफ्नो क्षेत्रका उम्मेदवारलाई सफल बनाउन गरेका प्रयासबारे जानकारी गराउने महामन्त्री भुवन पाठकले जानकारी दिनुभयो ।

महामन्त्री पाठकको संयोजकत्वमा गठन गरिएको निर्वाचन परिचालन समितिको आज बसेको बैठकले मतदाता र उम्मेदवारलाई धन्यवाद तथा स्थानीय तहको निर्वाचनमा विजेतालाई बधाई ज्ञापन गरेको छ । बैठकले निर्वाचनमा जनताको सहभागिता उत्साहजकनक भएको र पार्टीले प्राप्त गरेको सफलता सकारात्मक रहेको निष्कर्ष निकालेको छ ।

राप्रपाबाट तीन नगरपालिका प्रमुख, नगरपालिका र गाउँपालिकामा चार उपप्रमुख, ६४ वडाध्यक्ष र ३०० भन्दा बढी सदस्य निर्वाचित भएका छन् । निर्वाचनमा पार्टीले झण्डै १० प्रतिशत महिला उम्मेदवार उठाएको थियो ।