२३ मंसिर २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा मतगणना पुनः सुरु



अ+ अ-

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा केहीबेर रोकिएको मतगणना फेरि सुरु भएको छ ।

वडा नं. २७ को मतगणनाका क्रममा एमाले प्रतिनिधि गणनास्थलभित्रै प्रवेश गरेपछि मतगणना स्थगित भएको थियो ।

उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका थिए । केहीबेरको विवादपछि फेरि मतगणना सुरु भएको छ ।

भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिले वडा नं. २६ र २७ को गणना सुरु भएको छ । अव नं. २८ र २९ को मात्रै मत गन्न बाँकी छ ।