५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुखमा खसेको भोट पनि आफ्नोमा कायम हुनुपर्ने मागसहित श्रेष्ठको निवेदन



अ+ अ-

काठमाडौँ । गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले मुख्य निर्वाचन अधिकृतसमक्ष निवेदन दिएका छन् ।

श्रेष्ठले आइतबार उम्मेदवार नभएको रुखमा खसेको मतसमेत आफ्नोमा कामय गरिदिन मुख्य निर्वाचन अधिकृत राजुकुमार श्रेष्ठसमक्ष निवेदन दिएका हुन् । रुखमा खसेको भोट पनि आफ्नोमा कामय गरिनुपर्ने उनले उल्लेख गरेका छन् ।

गठबन्धनले काठमाडौँको मेयरमा कांग्रेसकी सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ भने उपप्रमुखमा एकीकृत समाजवादीका श्रेष्ठलाई अघि सारेको छ ।

निर्वाचन आयोगको पछिल्लो औपचारिक विवरण अनुसार श्रेष्ठ एमालेकी सुनिता डंगोलभन्दा करिब तेब्बर मतले पछि परेका छन् । उपप्रमुखमा करिब ३८ हजार मत बदर भएको श्रेष्ठले जनाएका छन् ।

‘उम्मेदवार नभएको निर्वाचन चिन्हमा मात्र मत सङ्केत गरिएको मतपत्रलाई सो पदका हदसम्म मात्र बदर गर्नुपर्नेमा प्रतिस्पर्धीद्वारा नै नभएका कलम र रुख चिन्हमा मतसङ्केत भए पनि म उम्मेदवार भएको कलम चिन्हको मत सङ्केतलाई समेत बदर गरी गणना गरेको र यसबाट मत परिणाममा असर परी, उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखापरेको छ ।

तसर्थ स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७, १९, २२, २४ र २६ को भावना र मनशायअनुसार हुनेगरी प्रतिस्पर्धी उम्मेदवार नै नभएका कलम र रुख चिन्हमा मतसङ्केत भएका मतपत्रमा म उम्मेदवार भएको कलम चिन्हको मतसङ्केतलाई सदरमानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५२ बमोजिम तत्काल पुनः दाहोर्‍याइ गणना गर्न र बाँकी मतपत्रसमेत यसै कानुनी आधारमा गणना हुन मतदान (मतगणना( अधिकृतलाई आदेश गरिपाउँ।’ उनले निवेदनमा भनेका छन् ।