२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त परराष्ट्रमन्त्री खड्काले लिए सपथ



अ+ अ-

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनियताको सपथ लिनुभएको छ । 

उहाँलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले  पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थितीमा उहाँले सपथ लिनुभयो । 

उहाँले केहीबेरमा सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगी पदभार ग्रहण गर्ने कार्यक्रम छ भने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आजै न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।