१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालको साथमा दुई चारजना कार्यकर्ता मात्रै छन्ः अध्यक्ष ओली



अ+ अ-

बर्दिया । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीमा दुईचारजना कार्यकर्तामात्र रहेको बताएका छन् । 

एमाले जिल्ला कमिटी बर्दियाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी फुटेको नभई दुई चारजना कार्यकर्ता मात्रै बाहिरिएको बताएका हुन् । 

उनले भने, ‘पार्टी फुटेको होइन,केही कुहिएर झरेका पात भएको र केही बाहिरिएका मात्रै हुन् ।’ 

यस्तै ओलीले नेकपा एसलाई लक्षित गर्दै अदालतले फैसला गर्‍यो भने सो पार्टीले मान्यता पाउन नसक्ने दावी समेत गरे । 

ओली माओवादी केन्द्रमाथि पनि खनिँदै, गएको निर्वाचनमा ५ वटा सिट ल्याउने अवस्था नरहेको माओवादीलाई आफूहरुले ३६ सिट जिताएको बताए ।

उनले भने,जुन हातमा दूध र भात दियौं, त्यहीँ हातले प्रचण्डले टोकी दिएका छन् ।’