२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालको साथमा दुई चारजना कार्यकर्ता मात्रै छन्ः अध्यक्ष ओली



अ+ अ-

बर्दिया । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीमा दुईचारजना कार्यकर्तामात्र रहेको बताएका छन् । 

एमाले जिल्ला कमिटी बर्दियाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी फुटेको नभई दुई चारजना कार्यकर्ता मात्रै बाहिरिएको बताएका हुन् । 

उनले भने, ‘पार्टी फुटेको होइन,केही कुहिएर झरेका पात भएको र केही बाहिरिएका मात्रै हुन् ।’ 

यस्तै ओलीले नेकपा एसलाई लक्षित गर्दै अदालतले फैसला गर्‍यो भने सो पार्टीले मान्यता पाउन नसक्ने दावी समेत गरे । 

ओली माओवादी केन्द्रमाथि पनि खनिँदै, गएको निर्वाचनमा ५ वटा सिट ल्याउने अवस्था नरहेको माओवादीलाई आफूहरुले ३६ सिट जिताएको बताए ।

उनले भने,जुन हातमा दूध र भात दियौं, त्यहीँ हातले प्रचण्डले टोकी दिएका छन् ।’