१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषक प्रोत्साहन अनुदान कार्यक्रम सुरु



अ+ अ-

हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले कृषि विकास कार्यक्रम अन्तर्गत तरकारी तथा फलफूल बजारीकरण गर्न ‘ कृषक प्रोत्साहन अनुदान कार्यक्रम’ सुरुआत गरेको छ ।

गाउँपालिकाले गाँफपालिकास्थित सहकारीमार्फत बजारीकरणको सुरु गरेको हो । गाउँपालिका अध्यक्ष विदुर हुँमागाईंले किसानबाट सङ्कलित गोलभेँडा खरिद गरी सो कार्यको शुभारम्भ गर्नुभयो ।  अनुदानले स्थानीय किसानको कुषि उपज बजारिकरणमा सहजता हुने उहाँको भनाइ छ । 

मकवानपुरगढी कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले सहकारीमार्फत खाद्यन्न खरिद बिक्री गत आवबाट सुरुआत गरिएकामा चालू आवमा तरकारी तथा फलफूलमासमेत बजारीकरणमा प्रोत्साहन अनुदानको कार्यक्रम सुरु गरिएकोे जानकारी दिनुभयो । यस कार्यक्रमले स्थानीय किसानलाई खेती गर्न हौसला मिलेको उहाँको भनाइ छ । 

गाउँपालिकामा यसवर्ष अनाज, तरकारी तथा फलफूल बजारीकरणका लागि सात सहकारी संस्था सूचीकृत भएकोमा कुर्ले कृषि सहकारी संस्थाले आजबाट नै सङ्कलन र बजारीकरणको काम थालिसकेका छन् । धमिले सहकारी संस्था लिमिटेकका अध्यक्ष नवराज सञ्जेलले गाउँपालिकाको यस कार्यक्रमले विपन्न किसानले जीवनस्तर माथि उठेको बताउनुभयो । 

यस कार्यक्रममले सहकारी र किसान दुबैतर्फ कार्य प्रोत्साहन गरेको अध्यक्ष सञ्जेलको भनाइ छ । गाउँपालिकाले किसान क्रेडिटकार्ड लगायतका विभिन्न नमूना काम ल्याएको छ ।  
 
कृषक कृष्णप्रसाद तिमल्सिनाले गाउँपालिकाले दिएको सहुलिएत ऋणबाट भैँसी खरिद गरेको जानकारीदिनुभयो ।  अर्का कृषक राजु ढकालले पनि उन्नत जातका गाईपालनका साथै तरकारीखेती गरिरहनुभएको छ । दूध र तरकारी बेचेर उहाँको परिवारको गुजारा मात्र चल्दैन केही बचत पनि हुने गरेको उहाँको भनाइ छ । यसैगरी किसान सूर्यमाया रुम्बाले पनि गाउँपालिकाको कार्यक्रमबाट किसान क्रेडिटकार्ड पाएर पशुपालनलाई मुख्य पेशा बनाउँदै आउनुभएको छ । (रासस)