१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुल विमानस्थलमा अमेरिकाले छाडेका लडाकू विमान



अ+ अ-

अफगानिस्तानकाे राजधानी काबुलस्थित काबुल अन्तरराष्ट्रिय विमानस्थलमा अमेरिकी सेना फर्कने क्रममा धेरै हातहतियार, युद्धसामग्री, हेलिकप्टर, बख्तरबन्द गाडी एवं अन्य सामरिक महत्वका सैनिक छाडेर गएका थिए । तर अमेरिका त्यतिकै फर्किएन । विमानस्थल र नजिक छाडिएका यी अधिकांश सामान काम नलाग्ने अवस्थामा छन् ।

प्रस्तुत तस्वीरहरू तिनै काम नलाग्ने हेलिकप्टर र अन्य सामानका हुन् । यी सामान कसरी चलाउने वा मरमत गर्ने भन्ने बारेमा सम्भवतः तालिवानसँग सीप र साधन छैन । उनीहरू अहिले यी सामान मरमत गरी प्रयाेगमा ल्याउन टर्की, पाकिस्तान, कतार जस्ता मुलुकसँग सम्पर्क गरिरहेका खबर सार्वजनिक भएका छन् ।

चीनकाे समाचार संस्था सिन्ह्वाले खिचेका यी तस्वीरहरू हेराैंः