१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ गठबन्धनको बैठक बस्दै



अ+ अ-

काठमाडौं  । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै चौतर्फि आलोचना खेपिरहेका बेला आज गठबन्धनमा रहेका दलहरूको बैठक बस्ने भएको छ । 

मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल गर्न आज साँझ ५ बजे बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

यसअघि हिजो मंगलबार पनि गठबन्धन दलको बैठक बसेको थियो । उक्त बैठकमा माओवादीबाट मात्रै भए पनि मन्त्रीहरू सहभागी गराउन प्रचण्डले देउवालाई दबाब दिएका थिए । 

यसैबीच मन्त्रीको नाम फाइनल गर्न माओवादी स्थायी समितिको बैठक पेरिसडाँडामा जारी छ ।

एकीकृत समाजवादीको वैधानिकताको विषय अदालतबाट अझै नटुंगिएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।

देउवाले आजै डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका छन् । उनी पदभार ग्रहण गर्दै आजै न्यूयोर्क भ्रमणमा निस्कँदैछन् ।