५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

करिब ३३ सय मत गन्न बाँकी हुँदा धरानमा हर्क साम्पाङको जित पक्का



अ+ अ-

धरान ८ जेष्ठ। धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित पक्का भएको छ । अब तीन हजार ३०० हाराहारीमा मत गणना हुन बाँकी हुँदा उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा चार हजार २०० भन्दा बढी मतान्तरले अघि छन् ।

लौरो चिह्न लिएर उम्मेदवारी दिनुभएका साम्पाङले अहिलेसम्म १९ हजार ५९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १५ हजार ३१६ मत हासिल गरेका छन् । नेकपा (एमाले) की मञ्जु भण्डारी सुवेदीले १२ हजार ३४८ मत प्राप्त गरेका छन् ।

धरानमा कूल ६२ हजार ८९८ मत खसेको थियो । अहिलेसम्म ५९ हजार ६१३ मत गणना भइसकेको छ । अब तीन हजार २८५ मत मात्र गन्न बाँकी छ । साम्पाङले आफ्ना निकटतम प्रतिद्वन्द्वी राईभन्दा चार हजार २८१ मतले अघि छन् ।

अब नेपाली कांग्रेसका राईले गणना हुन बाँकी सबै मत पाए पनि साम्पाङलाई भेट्न सक्ने छैनन् । त्यसैले साम्पाङको जित सुनिश्चित भएको हो ।

 

 




भर्खरै