९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० बज्दासम्म वडाध्यक्ष नभेटेको झोकमा एक युवकले कार्यालयमै पेट्रोल छर्केर आगो लगाए



अ+ अ-

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गरिएको छ । 

बुधबार बिहान १० बजेतिर वडा कार्यालयमा आगजनी गरिएको हो । सेवाग्राहीले वडा अध्यक्ष कार्यालय समयमा नआएको भन्दै आगजनी गरेका हुन् ।

कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पेट्रोल छर्केर वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार बिहान करिब १० बजे आगजनी गरेका हुन् ।

वडाध्यक्षको कार्यकक्षमा आगजनी गर्ने स्थानीय वास्ताम लामिछाने रहेको प्रहरीले जनाएको छ । 

आगजनीबाट कार्यालयका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको बताइएको छ । 

बुधार बिहान ८ बजे नै एक कार्यक्रममा सहभागी हुन आफू राजधानी आएको समयमा आगजनी भएको वडाध्यक्ष सुनारले बताए ।