१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ।

सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई मंगलबार काठमाडौं ल्याइएको थियो। उनलाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा राखिएको थियो।

विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाउँदै म्याद थपको प्रक्रिया पूरा गर्न पौडेललाई विशेष अदालतमा उपस्थित गराएको जनाएको छ।

पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको विभागले जनाएको छ।