१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने



अ+ अ-

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया आजैबाट सुरु हुने भएको छ।

हिजो नै सुरु गर्ने कार्यतालिका रहे पनि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले बन्द सत्र आज ढिलो गरी सुरु भएको हो। बन्द सत्र सुरु भएसँगै निर्वाचन प्रक्रियालाई पनि अघि बढाउने तयारी गरिएको केन्द्रीय निर्वाचन आयोग स्रोतले जनाएको छ।

‘केही ढिलो हुन सक्छ, तर निर्वाचन प्रक्रिया आजैबाट सुरु हुन्छ,’ आयोग स्रोतले जनाएको छ।

महाधिवेशनअन्तर्गत पार्टी सभापतिमा रवि लामिछाने लाई निर्विरोध निर्वाचित गराउने तयारी भइरहेको बताइएको छ। यद्यपि केन्द्रीय समितिका ९९ सदस्य पदका लागि भने निर्वाचन हुने भएको छ।

रास्वपाको पहिलो महाधिवेशनमा नयाँ नेतृत्व चयनसँगै पार्टीको भावी राजनीतिक दिशा र संगठनात्मक संरचनाबारे समेत महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।