४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय

कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
फाइल फोटो
अ+ अ-

काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी तथा भूमिहीनहरूलाई ५ दिनभित्र भवन खाली गर्न निर्देशन दिएको छ । समितिले सोमबार सूचना टाँस गर्दै शुक्रबारभित्र स्व–व्यवस्थापन गरी केन्द्र खाली गर्न अल्टिमेटम दिएको हो ।

नदी किनाराका जोखिमयुक्त बस्तीहरू हटाइएपछि विस्थापित परिवारहरूलाई सरकारले अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखेको थियो । हाल कीर्तिपुरस्थित उक्त केन्द्रमा ६८ परिवारका २०३ जना बसोबास गर्दै आएका छन् ।

समितिले सेन्टर छाड्ने प्रत्येक परिवारलाई तत्काल ‘स्व–व्यवस्थापन’ खर्चस्वरूप एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकम प्राप्त गर्न पीडित परिवारले आफ्नो बैंक खाता नम्बर सहित निवेदन दिनुपर्नेछ । रकम खातामा जम्मा भएपछि ५ दिनभित्र अनिवार्य रूपमा सेन्टर खाली गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसका साथै, वास्तविक सुकुम्बासीका रूपमा प्रमाणित भएका परिवारलाई स्थायी व्यवस्थापन नभएसम्म मासिक १५ हजार रुपैयाँका दरले कोठा भाडा उपलब्ध गराइने समितिले जनाएको छ । यो सुविधा भूमि आयोगमार्फत दीर्घकालीन व्यवस्थापन नहुन्जेलसम्म जारी रहने बताइएको छ ।

उपत्यकाभरका ६ वटा होल्डिङ सेन्टरमा हाल ३८८ परिवार आश्रित छन् । समितिले प्रारम्भिक चरणमा कीर्तिपुर केन्द्रबाट व्यवस्थापन प्रक्रिया सुरु गरेको हो ।

सूचना अटेर गरी सेन्टर खाली नगर्ने परिवारका सम्बन्धमा भने थप व्यवस्थापनका विकल्पबारे छलफल गरिने समितिले जनाएको छ ।

नदी किनाराका बस्तीहरू हटाइएपछि हालसम्म २ हजार ६०८ जनाले आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराएका छन् । उनीहरूको वास्तविक पहिचान तथा वर्गीकरण गर्ने कार्य पनि अघि बढाइएको समितिले जनाएको छ ।

राहत वितरणका लागि समितिले ३ देखि ४ वटा विशेष टोली परिचालन गरेको छ ।