४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह

महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह
अ+ अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको महाधिवेशनमा नेतृत्व चयनका लागि कुनै पनि सदस्यलाई उम्मेदवारी दिनबाट वञ्चित नगरिने स्पष्ट पारेका छन्।

चितवनको भरतपुरमा जारी पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई मंगलबार सम्बोधन गर्दै उनले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नदिने भन्ने चर्चा निराधार रहेको बताए।

लामिछानेले पार्टीका पुराना तथा नयाँ सबै सदस्यलाई आफ्नो योग्यता, क्षमता र दृष्टिकोणका आधारमा प्रतिस्पर्धा गर्ने अधिकार रहेको उल्लेख गरे। पार्टीले कसैलाई समर्थन वा असमर्थन गर्ने औपचारिक निर्णय नगरेको भन्दै उनले महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो विवेक प्रयोग गरी नेतृत्व चयन गर्न आग्रह गरे।

“रास्वपा ह्वीपभन्दा पनि विवेकले चल्ने पार्टी हो,” उनले भने, “नेतृत्व चयनमा प्रतिनिधिहरूले स्वतन्त्र रूपमा निर्णय गर्नुपर्छ।”

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको आर्थिक भार कम गर्ने उद्देश्यले प्रतिनिधि शुल्कलाई स्वेच्छिक बनाइएको पनि उनले घोषणा गरे। पार्टीले तोकेको ५ हजार रुपैयाँ शुल्क तिर्न नसक्ने वा तिर्न नचाहने प्रतिनिधिहरूले शुल्क नतिरे पनि हुने व्यवस्था गरिएको उनले बताए। शुल्क तिरिसकेका प्रतिनिधिहरूले फिर्ता चाहेको खण्डमा त्यसको समेत व्यवस्था मिलाइने उनको भनाइ थियो।

आर्थिक अभावका कारण कुनै पनि प्रतिनिधि मतदान प्रक्रियाबाट बाहिरिनु नपर्ने वातावरण बनाइने प्रतिबद्धता उनले व्यक्त गरे।

पार्टीभित्र देखिएका मतभेद र असन्तुष्टिहरूलाई सार्वजनिक रूपमा लैजानुभन्दा संवाद र छलफलमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै लामिछानेले निर्वाचनका क्रममा गुट वा प्यानल बनाएर प्रचार–प्रसार नगर्न आग्रह गरे।

“एक रास्वपा, एक घण्टी” को भावनाअनुसार अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले स्वस्थ प्रतिस्पर्धाले नै पार्टीलाई थप परिपक्व र सुदृढ बनाउने बताए।

उनले बन्दसत्रमा विभिन्न सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत हुने, सभापतिको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिने र त्यसपछि मात्रै निर्वाचन प्रक्रिया अघि बढ्ने जानकारी दिए।