१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवल मेयर माथी मुक्का प्रहार गर्ने पंगेनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा



अ+ अ-

रुपन्देही । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले आफुमाथी मुक्का प्रहार गर्ने युवा गणेश पंगेनीविरुद्ध कुनै पनि कार्वाही नबढाउन सार्वजनिक अपील गरेपनि पंगेनीविरुद्ध रुपन्देही प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाएको छ । प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने बुटवल ३ का युवा गणेश पंगेनीविरुद्ध 

सार्वजनिक अपराधको मुद्दा दर्ता गर्दै थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ । लगातार वर्षाका कारण पहिरो खस्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको १० घर पुरिएका थिए भने ५० बढी घरहरु उच्च जोखिममा परेका थिए ।

उक्त स्थलको अवलोकनमा गएका बेला मेयर शिवराज सुवेदीमाथी स्थानिय युवा गणेश पंगेनीले मुक्का प्रहर गरेका थिए । 

यो पढ्नुहोस्:

पहिरो अवलोकन गर्न गएका बुटवलका मेयरमाथि पहिरोपीडितले गरे मुक्का प्रहार (भिडियोसहित)