• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना चारको मृत्यु



फाईल फोटो

वाग्मती, ७ जेठ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा आज चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च२३१५ नंको जीप आज साँझ सिमखोला पुलको बारमा ठोकिएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको बताइएको छ । आठजना सवार रहेको जीप दुर्घटना हुँदा तीन जनाको हेटौँडा अस्पतालमा उपचारका लागि ल्याउने क्रममा र एक जनाको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सो कार्यालयले जनाएको छ । मृतक चारजना पुरुष रहेका छन् ।

घाइते भएका चारमध्ये चालकसहित तीन जनाको हेटौँडा अस्पतालमा र एकजनाको उपचारका लागि काठमाडौँ पठाइएको छ । घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । रासस