२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना चारको मृत्यु



फाईल फोटो
अ+ अ-

वाग्मती, ७ जेठ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा आज चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च२३१५ नंको जीप आज साँझ सिमखोला पुलको बारमा ठोकिएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको बताइएको छ । आठजना सवार रहेको जीप दुर्घटना हुँदा तीन जनाको हेटौँडा अस्पतालमा उपचारका लागि ल्याउने क्रममा र एक जनाको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सो कार्यालयले जनाएको छ । मृतक चारजना पुरुष रहेका छन् ।

घाइते भएका चारमध्ये चालकसहित तीन जनाको हेटौँडा अस्पतालमा र एकजनाको उपचारका लागि काठमाडौँ पठाइएको छ । घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । रासस