• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल ★   काँग्रेसले भन्यो: झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ

अभियानकर्मी भूमिका श्रेष्ठ अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित-फोटो फिचर



काठमाडौँ । यौनिक अल्पसंख्यकको अधिकारका लागि सक्रिय अभियानकर्मी भूमिका श्रेष्ठलाई अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मान गरेको छ ।

२०७८ चैत्र १ गते भर्चुअल रुपमा भएको कार्यक्रममा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेन र प्रथम महिला जिल बाइडेनले श्रेष्ठलाई सम्मानित गर्नुभएको हो ।

शुक्रबार एक समारोहका बीच नागरिक सुरक्षा, लोकतन्त्र तथा मानव अधिकार सम्बन्धी अमेरिकी उपविदेशमन्त्री उजरा जेयाले अमेरिकी विदेश मन्त्रालयद्वारा प्रदान गरिने अन्तराष्ट्रिय साहसी महिला पुरस्कार अभियन्ता श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो।

सो अवसरमा विदेशमन्त्री जेयाले भूमिकाले हासिल गर्नुभएका उपलब्धीहरूको कदर गर्नुहुँदै मानव अधिकार र लोकतन्त्रको उत्थानमा वहाँको निरन्तर वकालतको प्रशंसा गर्नुभएको थियो।

अन्तरराष्ट्रिय साहसी महिला पुरस्कारमा नेपाली अभियन्ता भूमिका श्रेष्ठ लगायत संसारभरका १२ जना साहसी लाई सम्मान गरिएको थियो । श्रेष्ठलाई एजीबीटीक्यूआई समुदायको हक अधिकारको लागि गर्नुभएको अथक मेहेनतका लागि अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारबाट सम्मानित गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने यो पुरस्कार आफ्नो जीवन नै जोखिममा राखेर आफ्नो समुदायमा सकारात्मक परिवर्तन ल्याउनका लागि उल्लेखनीय साहर, आँट र नेतृत्व को प्रदर्शन गर्नुहुने महिलाहरूलाई प्रदान गरिन्छ। नेपालले यो पुरस्कार लगातार दोश्रो वर्ष जित्न सफल भएको हो।

यस अघि सन् २०२१ मा तेजाब आक्रमणबाट घाइते भएकी मुस्कान खातुनले पनि अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड पाउनु भएको थियो ।