• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

मतगणना कार्यलाई छिटो गराउने कार्यबाट आयोग पन्छिन खोज्‍योः सांसद पाल



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद निरुदेवी पालले निर्वाचन आयोग मतगणना कार्यलाई छिटो गराउने कार्यबाट पन्छिन खोजेको टिप्पणी गर्नु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पालले निर्वाचन अधिकृतलाई निर्देशन दिएको भन्ने समाचार बाहिर आएपनि निर्वाचन आयोग मतगणना कार्यलाई शिघ्र रुपमा सम्पन्न गराउन जिम्मेवार नभएको बताउनु भएको हो । उहाँले मतगणना छिटो गर्न निर्देशन दिने तर सो अनुसारको काम नहुने प्रवृत्तिको अन्त्य गर्न सरकार गम्भिर नभएको समेत बताउनु भयो । सांसद पालले भन्नु भयो, ‘निर्वाचन आयोगले शिघ्र मतगणना गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको भन्ने समाचार आयो । निर्देशनले शिघ्र मतगणना हुने हो वा शिघ्र मतगणना गर्ने विधि, प्रविधि, सोच, कार्ययोजना, कार्यप्रणाली हुनुपनि पर्ने हो ? निर्देशन दिएपछि सकियो ? उत्तरदायित्व पूर्ण भयो ?’

सांसद पालले महिला, यौनिक अल्पसंख्यक जस्ता विषयमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता मौन रहेको भन्दै असन्तुष्टि जनाउनु भयो । उहाँले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पनि सरकारलाई सुझाव दिनु भयो ।