२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतगणना कार्यलाई छिटो गराउने कार्यबाट आयोग पन्छिन खोज्‍योः सांसद पाल



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद निरुदेवी पालले निर्वाचन आयोग मतगणना कार्यलाई छिटो गराउने कार्यबाट पन्छिन खोजेको टिप्पणी गर्नु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पालले निर्वाचन अधिकृतलाई निर्देशन दिएको भन्ने समाचार बाहिर आएपनि निर्वाचन आयोग मतगणना कार्यलाई शिघ्र रुपमा सम्पन्न गराउन जिम्मेवार नभएको बताउनु भएको हो । उहाँले मतगणना छिटो गर्न निर्देशन दिने तर सो अनुसारको काम नहुने प्रवृत्तिको अन्त्य गर्न सरकार गम्भिर नभएको समेत बताउनु भयो । सांसद पालले भन्नु भयो, ‘निर्वाचन आयोगले शिघ्र मतगणना गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको भन्ने समाचार आयो । निर्देशनले शिघ्र मतगणना हुने हो वा शिघ्र मतगणना गर्ने विधि, प्रविधि, सोच, कार्ययोजना, कार्यप्रणाली हुनुपनि पर्ने हो ? निर्देशन दिएपछि सकियो ? उत्तरदायित्व पूर्ण भयो ?’

सांसद पालले महिला, यौनिक अल्पसंख्यक जस्ता विषयमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता मौन रहेको भन्दै असन्तुष्टि जनाउनु भयो । उहाँले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पनि सरकारलाई सुझाव दिनु भयो ।