१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका प्रभावशाली नेताहरुको बैठक बस्दै



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस आन्तरिक छलफलमा जुट्ने भएको छ । दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरू छलफलमा जुट्ने भएका हुन् । 

नेता गोपालमान श्रेष्ठका अनुसार बैठकमा विशेषगरी मन्त्रिपरिषद् विस्तार र पार्टीको १४औँ महाधिवेशनका विषयमा छलफल हुने भएको हो ।
 
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठकमा आफ्नो समूहले पाउने मन्त्रालयको संख्या माग गर्ने र भागबन्डा टुंगो लगाउन दबाब दिने तयारी गरेको एक नेताले जानकारी दिए ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूले बुधबार पनि छलफल गरेका थिए ।