२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आयो : पौडेल



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताको मूल्यांकन गर्ने बेला आएको बताएका छन् । पर्वत कांग्रेसले निर्माण गरेको नवनिर्मित पार्टी कार्यालय भवनको भर्चुअल माध्यमबाट उद्घाटन कार्यक्रममा  बोल्दै पौडेलले कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएको बताएका हुन् ।

१४ औं महाधिवेशनमा कार्यकर्ताले सही नेतृत्व छान्न सक्ने हो भने अहिलेको जस्तो अलमलको अवस्थामा नरहने उनको दाबी थियो। पौडेलले वडादेखि केन्द्रसम्मै सही नेतृत्व छनोट गर्न कार्यकर्तालाई आग्रह गरेका थिए।

उनले बिपी अनुकूलको पार्टी वा नेतृत्व छ कि छैन भन्ने समीक्षा गरिनुपर्ने पनि बताए। फरक प्रसंगमा उनले सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने पनि जनअपेक्षाअनुसार काम हुन नसकेको पनि बताएका थिए।

उनले कम्युनिष्ट पार्टी फुटेर कांग्रेस बलियो हुने नभई आन्तरिक लोकतन्त्रलाई नै सुदृढ गरेर पार्टीलाई बलियो बनाउनुपर्ने बताए।

‘अरू पार्टी बिग्रेर हामी राम्रो बन्ने होइन, पार्टीलाई लोकप्रिय बनाउने काममा खटेर लाग्नुपर्छ,’ उनले भने।