१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीका एक व्यापारी मृत फेला



अ+ अ-

बैतडी । बैतडीमा एक व्यापारी मृत फेला परेका छन् । सुर्नया गाउँपालिका–४ लेकडाणा घर भई सन्सेरीमाण्डौँमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् । 

महरा पसल अगाडी मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । महराको टाउको, छाती र शरीरका अन्य भागमा घाउ रहेकाले उनको हत्या गरिएको आशङ्का गरिएको छ ।

घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीको नेतृत्वको टोली घटनास्थलमा गएको छ । स्थानीयवासीले घटनाको छानबिन गर्न माग गरेका छन् । (रासस)