• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिभुवन विश्वविद्यालय पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा कुन्दन अर्याल नियुक्त ★   जापानस्थित नेपाली विद्यालयबाट जाम्बियाका छात्र एसइई उत्तीर्ण ★   अनन्त–राधिकाको विवाहको कार्डमा चाँदीको मन्दिर र सुनको मुर्ति ★   कर्णाली करिडोर प्रसारण लाइन निर्माण सुरु ★   विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न नाम दर्ताको प्रक्रिया प्रारम्भ भएको छ: प्रमुख निर्वाचन आयुक्त… ★   रामेछापमा बस दुर्घटना हुँदा आठ घाइते, तीन जनाको अवस्था गम्भीर ★   टेरामक्स प्रविधिले कल बाइपास गरेर वार्षिक रुपमा हुने २५ अर्ब घोटाला रोकेको छ: सांसद बस्नेत ★   फिल्म ‘कल्की २८९८ एडी’ हलमा हेर्न जाँदा ठिक कि ओटीटीमा कुर्दा राम्रो ? ★   रथि सिग्देलको उमेर विवादबारे रक्षामन्त्री र प्रधान सेनापतिले जवाफ दिनुपर्छ: प्रभु साह ★   मधेसका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने

इनरुवाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी



इनरुवा । सुनसरीको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । बिहिबार साँझ सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार प्रमुखमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका केदार भण्डारी र उपप्रमुखमा पार्टीका उम्मेदवार विनिताकुमारी मेहता विजयी हुनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार सरोजकुमार पोखरेललाई दुई हजार ७७१ मतान्तरले पराजित गर्दै भण्डारी नगरप्रमुखमा निर्वाचित हुनुभयो । भण्डारीले ११ हजार ६१६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी पोखरेलले नौ हजार ५३ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपप्रमुखमा नेकपा (एमाले)का सहजादी प्रवीणलाई एक हजार ९१८ मतान्तरले पराजित गर्दै मेहता विजयी हुनुभयो । रासस