२ श्रावण २०८३, शनिबार
,
Latest
नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनन्त–राधिकाको विवाहको कार्डमा चाँदीको मन्दिर र सुनको मुर्ति



अ+ अ-

एजेन्सी । भारतीय उद्योगपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी राधिका मर्चेन्टसँग जुलाई १२ मा विवाह बन्धनमा बाँधिदैछन् । मुम्बईमा हुने यो भव्य समारोहमा परम्परा र भव्यताको मिश्रण देखिनेछ ।

विवाहको तयारीका बीचमा यो जोडीको विवाहको कार्ड सार्वजनिक भएको छ । भीभीआईलाई दिइने निमन्त्रणा पत्रमा चाँदीको मन्दिर छ । भित्र ४ वटा सुनको मुर्ति छ ।

दोस्रो निमन्त्रणा पत्र सुनौलो बक्समा छ । यसमा मन्दिरलाई सानो आकारमा बक्स भित्र राखिएको छ । यो पनि ईश्वरीय विषयवस्तुमा आधारित छ ।

अनन्त र राधिकाले यसअघि मार्चको सुरु र मेको अन्त्यमा प्रि–वेडिङ समारोह मनाएका थिए । अब जुलाई १२ शुभ विवाह, १३ जुलाईमा शुभ आशीर्वाद र १४ जुलाईमा स्वागत समारोह हुनेछ । यी तीन कार्यक्रम मुम्बईको जियो वर्ल्ड सेन्टरमा आयोजना हुनेछन् ।