• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

रथि सिग्देलको उमेर विवादबारे रक्षामन्त्री र प्रधान सेनापतिले जवाफ दिनुपर्छ: प्रभु साह



काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाली सेनाका रथि अशोकराज सिग्देलको उमेर विवादको सम्बन्धमा प्रधान सेनापति प्रभुराम शर्मासँग जवाफ माग गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै अध्यक्ष साहले नेपाली सेनाको आगामी नेतृत्वको रुपमा लिइएका रथि सिग्देलको उमेर विवाद रहेको भन्दै यस सम्बन्धमा प्रधानसेनापतिको जवाफ माग गर्नुभएको हो । उहाँले नेपाली सेनाको छवि निस्कलंकित, निर्विवादित र उदाहरणीय हुनुपर्ने भएपनि रथिको उमेर विवादले नेपाली सेनाको छविमाथि आँच पुर्‍याएको बताउनु भयो । उहाँले रथिमाथि प्रश्न उठ्दा प्रधानसेनापति र रक्षामन्त्री चुप लागेर बस्न नमिल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालीले गौरव गर्ने नेपाली सेनाको छवि निस्कलंकित हुनुपर्छ । निर्विवादित हुनुपर्छ । उदाहरणीय हुनुपर्छ । दुनियाँले नेपालको गौरव गराउने नेपाली सेनाको छविमाथि आँच पुर्‍याउने जसले जुन ढंगले हर्कत गरेका छन्, त्यो सकारात्मक होइन । यसरी विवादित कुराहरु बाहिर आइराख्दा सम्बन्धित निकायले किन स्पष्ट गर्दैन ? हामी जान्न चाहन्छौँ । माननीय रक्षामन्त्रीको जवाफ चाहन्छौँ । यसरी देशको सम्मानित संस्थाको नेतृत्वमाथि यसरी प्रश्न उठिराख्दा तपाई चुप लाग्न मिल्दैन । समाचारको कुरा सुन्ने हो भने प्रधानसेनापतिले अशोकराज सिग्देलको बारेमा संसदीय समितिको सुनुवाईमा उहाँले जो कुरा बोलिराख्नु भएको थियो आज पत्रपत्रिकाले पुरै प्रमाणसहित खण्डन गरिराख्दा सेनापतिजीले केही बोल्नुपर्छ कि पर्दैन ? सेनापतिको नैतिक जिम्मेवारी हुनुपर्छ कि पर्दैन ? नेपाली सेनाको इमेजमाथि जसरी प्रश्न उठिरहेको छ, नेपालीहरुको इमेजको प्रश्न हो । सेनाहरुको मनोबलको प्रश्न हो । यसरी विषयहरु आइदिने सकारात्मक होइन । जे छ त्यो विषय स्पष्ट आउनु जरुरी छ ।’

उहाँले रथि सिग्देलको उमेर विवादबारे स्पष्ट कुरा आउनुपर्ने बताउनु भयो ।