• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न नाम दर्ताको प्रक्रिया प्रारम्भ भएको छ: प्रमुख निर्वाचन आयुक्त थपलिया



काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरुसँग पटक पटक छलफल गरेर कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा रहेको जानकारी दिनुभयो । उहाँले मलेसियासहित खाडीका अन्य ६ वटा मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरेको बताउनु भयो । उहाँले सरकार र परराष्ट्र मन्त्रालयले सहयोग गरेको खण्डमा विदेशमा रहने नेपालीहरुको मतदाता नामावली संकलन पूर्ण हुने बताउनु भयो ।

उहाँले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिने हो भने पहिलो प्राथमिकता वास्तविक नेपाली नागरिक र वास्तविक मतदाताहरु रहेको ठाउँलाई दिनुपर्ने बताउनु भयो । उहाँले नेपालको माया र सेवा सुविधा बसेको देशको लिनेहरुलाई दोस्रो प्राथमिकतामा राखेर आयोगले मतदाता नामावली संकलन गरिरहेको बताउनु भयो । उहाँले वाह्य मतदान ? स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा कहाँ कहाँ दिने भन्नेबारेमा पनि विस्तृत छलफल हुनुपर्ने बताउनु भयो । उहाँले निर्वाचन आयोग अहिले प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्रै मतदानको अधिकार दिनुपर्छ भन्ने निस्कर्षमा रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्नका निम्ति कम्तिमा मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरौँ भन्यौँ । राजनीतिक दलहरुसँग पटक पटक छलफल गरेका छौँ । कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा छ । त्यति बेला हामीले कहाँ जाने भन्दा हामीले के निधो गर्‍यौँ भने मलेसिया र खाडीका ६ वटा मुलुकबाट प्रारम्भ गरौँ न त मतदाता दर्ता चाहीँ प्रारम्भ गराँै भनेर हामीले एउटा अभ्यास प्रारम्भ गरेका थियौँ । यसमा विशेष गरेर सरकार र परराष्ट्र मन्त्रालयको सहयोग हामीलाई चाहिन्छ । नभए हामी एक्लैले गर्नसक्ने अवस्था छैन । तर यो गर्दैगर्दा हामीले अलिकति सोचेको कुरा के हो भने फेरि पनि विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिने हो भने पहिलो प्राथमिकता त्यो ठाउँमा दिनुपर्‍यो, जहाँ एउटा पिओर सिटिजन र पिओर भोटर्स भनेको त्यहीँ रहेछ, किनभने उसले जति प्रयत्न गरे पनि त्यहाँको नागरिक हुनै सक्दैन । त्यसलाई पहिलो प्राथमिकता दिऔँ । उताको सेवा सुविधा, यताको मायाा भन्ने मोडलकालाई दोस्रो प्राथमिकतामा राखौँ ।

यतैप्रति हामी बढी आकर्षित छौँ । यताकाले बढी गतिलो आवाज दिन सक्दैन । त्यो पनि थाहा छ हामीलाई । त्यसैले आयोगको फोकस त्यतातिर भएको हुँदा आयोग दिग्भ्रमित छ की, कि ठिकै गर्दैैछ, त्यो पनि छलफल गर्नुहोला । वाह्य मतदान पनि कुन कुनमा दिने ? स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा कहाँ कहाँ दिने त्यो पनि हामीले छलफल गरौँ । अहिले हाम्रो प्रयास के मात्रै छ भने दिइहाल्यो भनेपनि प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्रै जान सकिन्छ भन्ने निस्कर्षमा हामी छाँै । अहिले हाम्रो दोहोरो नागरिकताको विषय, डिभी, पिआरको विषय, नेपाली नागरिकको विषय र मतदानको अधिकारको विषयमा अलिकति अब विश्लेषण गर्नुपर्ने बेला भयो । निर्वाचनको मुल मन्त्र भनेको निर्वाचन स्वच्छ हुनुपर्छ, स्वतन्त्र हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, विश्वासिलो हुनुपर्छ भनेका छौँ । यि मैले भनिरहेका व्यवस्थाले निर्वाचनको निष्पक्षतालाई कामय गर्न सक्छ की सक्दैन ? यो पाटोमा पनि छलफल गर्नुपर्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिले दोहोरो नागरिकता, डिभी, पिआर, नेपाली नागरिकको विषय र मतदानको अधिकारको विषयमा विश्लेषण गर्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले निर्वाचनको मुल मन्त्र निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासिलो हुनुपर्ने रहेको बताउनु भयो ।