१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न नाम दर्ताको प्रक्रिया प्रारम्भ भएको छ: प्रमुख निर्वाचन आयुक्त थपलिया

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न नाम दर्ताको प्रक्रिया प्रारम्भ भएको छ: प्रमुख निर्वाचन आयुक्त थपलिया
अ अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरुसँग पटक पटक छलफल गरेर कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा रहेको जानकारी दिनुभयो । उहाँले मलेसियासहित खाडीका अन्य ६ वटा मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरेको बताउनु भयो । उहाँले सरकार र परराष्ट्र मन्त्रालयले सहयोग गरेको खण्डमा विदेशमा रहने नेपालीहरुको मतदाता नामावली संकलन पूर्ण हुने बताउनु भयो ।

उहाँले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिने हो भने पहिलो प्राथमिकता वास्तविक नेपाली नागरिक र वास्तविक मतदाताहरु रहेको ठाउँलाई दिनुपर्ने बताउनु भयो । उहाँले नेपालको माया र सेवा सुविधा बसेको देशको लिनेहरुलाई दोस्रो प्राथमिकतामा राखेर आयोगले मतदाता नामावली संकलन गरिरहेको बताउनु भयो । उहाँले वाह्य मतदान ? स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा कहाँ कहाँ दिने भन्नेबारेमा पनि विस्तृत छलफल हुनुपर्ने बताउनु भयो । उहाँले निर्वाचन आयोग अहिले प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्रै मतदानको अधिकार दिनुपर्छ भन्ने निस्कर्षमा रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्नका निम्ति कम्तिमा मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरौँ भन्यौँ । राजनीतिक दलहरुसँग पटक पटक छलफल गरेका छौँ । कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा छ । त्यति बेला हामीले कहाँ जाने भन्दा हामीले के निधो गर्‍यौँ भने मलेसिया र खाडीका ६ वटा मुलुकबाट प्रारम्भ गरौँ न त मतदाता दर्ता चाहीँ प्रारम्भ गराँै भनेर हामीले एउटा अभ्यास प्रारम्भ गरेका थियौँ । यसमा विशेष गरेर सरकार र परराष्ट्र मन्त्रालयको सहयोग हामीलाई चाहिन्छ । नभए हामी एक्लैले गर्नसक्ने अवस्था छैन । तर यो गर्दैगर्दा हामीले अलिकति सोचेको कुरा के हो भने फेरि पनि विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिने हो भने पहिलो प्राथमिकता त्यो ठाउँमा दिनुपर्‍यो, जहाँ एउटा पिओर सिटिजन र पिओर भोटर्स भनेको त्यहीँ रहेछ, किनभने उसले जति प्रयत्न गरे पनि त्यहाँको नागरिक हुनै सक्दैन । त्यसलाई पहिलो प्राथमिकता दिऔँ । उताको सेवा सुविधा, यताको मायाा भन्ने मोडलकालाई दोस्रो प्राथमिकतामा राखौँ ।

यतैप्रति हामी बढी आकर्षित छौँ । यताकाले बढी गतिलो आवाज दिन सक्दैन । त्यो पनि थाहा छ हामीलाई । त्यसैले आयोगको फोकस त्यतातिर भएको हुँदा आयोग दिग्भ्रमित छ की, कि ठिकै गर्दैैछ, त्यो पनि छलफल गर्नुहोला । वाह्य मतदान पनि कुन कुनमा दिने ? स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा कहाँ कहाँ दिने त्यो पनि हामीले छलफल गरौँ । अहिले हाम्रो प्रयास के मात्रै छ भने दिइहाल्यो भनेपनि प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्रै जान सकिन्छ भन्ने निस्कर्षमा हामी छाँै । अहिले हाम्रो दोहोरो नागरिकताको विषय, डिभी, पिआरको विषय, नेपाली नागरिकको विषय र मतदानको अधिकारको विषयमा अलिकति अब विश्लेषण गर्नुपर्ने बेला भयो । निर्वाचनको मुल मन्त्र भनेको निर्वाचन स्वच्छ हुनुपर्छ, स्वतन्त्र हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, विश्वासिलो हुनुपर्छ भनेका छौँ । यि मैले भनिरहेका व्यवस्थाले निर्वाचनको निष्पक्षतालाई कामय गर्न सक्छ की सक्दैन ? यो पाटोमा पनि छलफल गर्नुपर्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिले दोहोरो नागरिकता, डिभी, पिआर, नेपाली नागरिकको विषय र मतदानको अधिकारको विषयमा विश्लेषण गर्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले निर्वाचनको मुल मन्त्र निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासिलो हुनुपर्ने रहेको बताउनु भयो ।