• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिनै कठिन, एमाले झन् रिसायो ★   डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता ★   कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज हुरीबतासको चेतावनी ★   अमिरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ? ★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

प्रतिपक्षले धरातल बिर्सिएर सरकारको बिरोध गर्यो: डा रिजाल



काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले आफ्नो धरातल भन्दा माथि उठि प्रमुख प्रतिपक्ष दलले सरकारमाथि आरोप लगाएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद रिजालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीप्रति इंगित गर्दै प्रधानमन्त्री छँदा जे भन ेनि हुन्छ भन्ने किसिमका कुराहरु बिस्तारै गर्न नसकिने थाहा पाएपछि आँखा चिम्लिएर बिना तुकका कुराहरु गरेको आरोप लगाउनु भयो । उहाँले राजमार्गका ठाउँ ठाउँमा हवाइजहाज अवतरण गर्ने, रेल पानी जहाज कुदाउने, हेर्नलाई भ्यूटावर बनाउने, विदेशका अतिथिहरुलाई ल्याउन विशेष किसिमको अतिथि गृह बनाउने र सम्पन्न नभएका आयोजनाहरु उद्घाटन गर्नेजस्ता कामहरु ओली सरकारले गरेको बताउनु भयो । उहाँले यसअघिको सरकारले तयारी नै नभएका आयोजनाहरु शिलान्यास गर्ने कम्प्युटरबाट १६५ वटा निर्वाचन क्षेत्रका सडक शिलान्यास गरेको त्यसको काम सबै ठाउँमा अझै शुरु हुन नसकेको बताउनु भयो । उहाँले विपक्षी सांसदहरुले रेल र बिना तयारी सडकको शिलान्यास गरेका कुराहरु उठाएको भन्दै कम्प्युटरबाट शिलान्यास भएको ढुंगा देखाउन विपक्षी सांसदरुलाई चुनौति दिनुभयो ।

सांसद रिजालले भन्नुभयो, ‘प्रमुख प्रतिपक्ष दलका नेता प्रधानमन्त्री छँदा केही इम्याजनेटिभ कुराहरु गर्ने चलन गर्नुभयो । तर इम्याजनेटिभ कुराहरुलाई बिस्तारै गर्न सकिँदैन भन्ने लागेपछि आँखा चिम्लिएर जे बोलिदिए पनि हुन्छ भन्ने संस्कृति शुरु भयो । राजमार्गका ठाउँ ठाउँमा हवाइजहाज अवतरण गर्ने, रेल पानी जहाज कुदाउने, त्यो सबै गरेको हेर्नलाई भ्यूटावर बनाउने, नेपालीले मात्रै हेरेर पुग्दैन भनेर विदेशका अतिथिहरुलाई ल्याउन विशेष किसिमको अतिथि गृह बनाउने, सम्पन्न नभएका आयोजनाहरु उद्घाटन गर्ने, तयारी नै नभएका आयोजनाहरु शिलान्यास गर्ने कम्प्युटरबाट १६५ वटा निर्वाचन क्षेत्रका सडक शिलान्यास भयो, मेरो निर्वाचन क्षेत्र हो, मैले माग गरेको बजेट अनुसार २५ करोड छुट्टियो, तर शिलान्यास कम्प्युटरमा भयो । त्यो ढुंगा खोज्दै गएको थिएँ, बल्ल अस्ति १५ दिनअघि त्यसको ठेक्काको प्रक्रियामा अघि बढेको छ । यो संस्कृतिबाट मुक्ति नपाउँदासम्म हामी कहीँ जाँदैनौँ ।’

त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले आर्थिक तथा वित्तिय क्षेत्रमा मुलतः पुनः संरचना हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले राजनीतिक क्षेत्रमा राज्यको पुनः संरचना गरेपनि आर्थिक र वित्तिय क्षेत्र सही रुपमा अझ पुनः संरचना हुन नसकेको भन्दै यसलाई सही ढंगले आत्मसाथ नगर्दासम्म आर्थिक क्षेत्रमा परिवर्तन हुन नसक्ने बताउनु भयो । उहाँले कृषि क्षेत्रमा सरकारले आमुल परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । सांसद बस्नेतले नेपालको कृषि पूर्णतः निर्वाहमुखि रहेको भन्दै आर्थिक स्तरोन्नती गर्न कृषि क्षेत्रलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद बस्नेतले भन्नुभयो, ‘राजनीतिक व्यवस्था बद्लियो, आर्थिक व्यवस्था पुरानै छ । आर्थिक तथा वित्तिय क्षेत्रमा मुलतः पुनः संरचना हुन सकेन । राज्यको पुनः संरचना हामीले राजनीतिक क्षेत्रमा ग¥यौं, आर्थिक र वित्तिय क्षेत्र सही रुपमा अझ पुनः संरचना हुन सकेको छैन । यसलाई सही ढंगले आत्मसाथ नगर्दासम्म यसलाई बदल्ने कुरा अपूर्ण रहनेछ । कृषि क्षेत्र अहिले पनि निर्वाहमुखि छ । करिव दुई तिहाईको निर्भरता रहेको कृषि क्षेत्रबाट एक चौथाई जिडिपीमा योगदान हुने स्थितिले के स्पष्ट गर्दछ भने हाम्रो कृषि क्षेत्र मुलतः निर्वाहमुखि छ । कच्चा पदार्थ आयात गरेर हामी उद्योग क्षेत्र सञ्चालन गरिरहेका छौँ । उद्योगको सानो हिस्समात्र मुनाफा देशमा रहन्छ बाँकी जहाँबाट सामान ल्याउँछौँ त्यतै जान्छ ।’