११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत झाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकको ठक्करबाट मृत्यु



अ+ अ-

सुरुङ्गा । ट्रकको ठक्करबाट झापामा एक व्यक्तिको मृत्युु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड–२ स्थित रामचोक नजिकै ट्रकको ठक्करबाट बिर्तामोड–४ का ५२ वर्षीय टङ्क काफ्लेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

रामचोकस्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको थियो । प्रदेश–१–१०–००१ख ३५९४ नंको ट्रक ब्याक गरेर सडकमा निकाल्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काफ्लेलाई उपचारका लागि बिर्तासिटी अस्पताल पु¥याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।